सुचना, समाचार र मनोरन्जन

नाजिर र स्मारिका अभिनित ‘पिलेन उडाउनी’

काठमाडौं :

गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ। यो गीत रिलिज कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि र पूर्वमन्त्री एसपी कोइराला विशिष्ट अतिथिको रुपमा रहेका थिए। गीत रिलिज कार्यक्रममा बोल्दै प्रमुख अतिथि शम्भुजित बास्कोटाले गीतको अडियो तथा भिडियो सुन्दर बनेको प्रतिक्रिया दिए।

अर्का विशिष्ट अतिथि एसपी कोइरालाले गीतले दिन खोजेको सन्देश र नेपाली गीतमा भोजपुरीको समिश्रण गजव सुनिएको बताए । गीतकार तथा संगीतकार प्रेमीले लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा यस्तै फरक खाले श्रृजनाबाट परिचित रहेको पूर्वमन्त्री कोइरालाले बताए।

यो गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर छ। गायक गुप्ताको यो नै पहिलो गीत हो। आज उनले आफ्नो जन्मदिनको अवसर पारेर पहिलो गीत सार्वजनिक गरेका हुन्। यो गीतको भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन्। नरहरी प्रेमीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई बुद्ध थापाले छायांकन गरेका हुन्। डिएन गुप्ता निर्माता रहेको गीतको सहनिर्माता निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता हुन् ।

Leave A Reply

Your email address will not be published.