काठमाडौं :
प्रसिद्ध ज्यो पण्डित डाक्टर रुद्रनाथ अधिकारीका ३ वटा म्युजिक भिडिओ एकसाथ रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच डाक्टर अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्रभक्ति गीत) , ‘आमा’ ‘मातृभक्ति गीत’ र ‘आउन माया आऊ मेरो हात समाऊ’ ‘प्रेमिल गीत’का ३ भिडियो लोकार्पण गरिएको हो।
वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद् भीमार्जुन आचार्यले डाक्टर अधिकारीका सिर्जना र सक्रियताको तारिफ गरे। गीतकार संघका अध्यक्ष वसन्त थापाले उनले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । उनले रचना गरेका गीतमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बू, सदीक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् ।
भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा गीतकार अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ। लोकार्पण कार्यक्रममा अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्रदेखि कार्गिलको युद्धलगायत इराक, अफगानिस्तान जस्ता युद्धग्रस्त क्षेत्रमा कार्य गर्दाको अनुभव सुनाए।
आफू सुरक्षित र कुशल रहेको, तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्वबाट परिवारै प्रताडित हुनुपरेको पीडा पोखे।