सुचना, समाचार र मनोरन्जन

सुब्रतको निर्देशनमा योगेशकाजीले भने ‘के गर्यौ तिमीले ?’

काठमाडौं :

गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ। गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ।

आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुन्। भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ। भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन्। भिडियोमा एउटा प्रेमिल जोडीबीच प्रेम र शंकाको दोसाँधमा उनिएको कथालाई प्रस्तुत गरिएको छ।

सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा जया शर्मा क्रिएटिभ डाईरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, दिपेन गौतमको निर्माण व्यवस्थापन, माहि सिंहको हेयर एण्ड मेकअप रहेको छ। भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.