सुचना, समाचार र मनोरन्जन

प्रकाश सपुतको ‘वसन्त’मा समावेश गीत ‘बिना स्वादैको’ सार्वजनिक

काठमाडौं :

गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’मा समावेश गीत ‘बिना स्वादैको’ सार्वजनिक भएको छ। यस गीतको फिल्मका मुख्य कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी प्रस्तुत भएका छन्। साथै यस गीतको भिडियोमा गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी पनि प्रस्तुत भएका छन्।

गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ। हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ। एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ।

आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका रिलिज हुन लागेको यो फिल्ममा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ। गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ। सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

सुसन प्रजापतिले खिचेको यो फिल्मलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.