सुचना, समाचार र मनोरन्जन

हङकङमा भब्यताका साथ ११५औं महिला दिवस मनाईयो

हङकङ/

गैरआवासिय नेपाली संघ हङकङ महिला बिभाग र नेपाली महिला संघ हङकङ द्दारा संयुक्तरुपमा आयोजना गरिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानिय मङकोकको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ ।

नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासिय नेपाली संघ आईसिसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली मुलका बिभिन्न संघ.संस्थाहरुको भब्य उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथीका रुपमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ रहेका थिए । गैर आवासिय नेपाली संघ हङकङ महिला बिभागका संयोजक कबिता गुरुङले स्वागत मन्तब्य दिनु भएको कार्यक्रममा गैरआवासिय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल महिलाले गरेका हरेक काममा पुरुषहरुको साथ रहने हुंदा महिला सफल हुनमा पुरुषको ठुलो हात रहेको छ भने पुरुष सफल हुन पनि महिलाको त्यत्तिकै हात रहेको हुन्छ । भेदभाव भन्दा पनि दुबै एकै रथमा रहेको बुझ्नुपर्नेमा ढकालको जोड रहेको छ । स्थानीय कलाकार सरला तमाडःपबित्रा राई,रोषा लिम्वु लगायताले नेपाली हामी गित बोलको तारादेबीको गित रोचक ढंगले गाएका थिए ।

गैरआवासिय संघ हड्कडका महासचिब अनु राई, डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ लगायतले बिज्ञान र प्रविधिको युगमा पनि महिलाको अवस्था भने हिजोकै युगमा रहेकोमा चिन्ता प्रकट गरिएको थियो । हङकङका लागी भारतिय काउन्सिलर सुरबी गोयल, हङकङका लागी नेपाली काबा काउन्सिलर सतिश गुरुङ, सरला तामाडं् रोश रोशा लिम्बु ,पबित्रा राईको राष्ट्रिय गित प्रस्तुतिले सभाहलमा देश प्रतिको भावनाले एक पटक सभाहल पुरै भावुक बनाएको थियो । पहिलो नेपाली याऊ चि माडः जिल्ला सदस्य अरूण गुरुङ र समाजसेवी पुष्पा गुरूडः (गुरूआमा) लाई अभिनन्दन गरिएको थियो ।

सामाजिक क्षेत्रमा योगदान दिएका फियानो हङकङको अध्यक्ष कल्पान चाम्लिङ राई, तामाङ धेदुङ संघका अध्यक्ष अनिता तामाङ, पुन मगर समाजका अध्यक्ष गोमा पुन, लाघाली समाज हङकङ का अध्यक्ष निगम थापा र तमु टो ह्यूला हङकङको महीला संयोजक भक्ति गुरुङ लगायत ५ जना महिला लाई सम्मान गरिएको थियो । ब्यापार तर्फ चुलो रेष्टुरेन्टका सन्चालक पर्वती गुरूडः र बु्द लाउन्च चकलेटका प्रोपाईटर गिता क्षेत्री लाई सम्मान गरिएको छ । खेलकुद तर्फ तेक्वान्दोका डन २ पद्दबी टप माउन्टेनका करुणा प्रधान लाई सम्मान गरिएको छ । संयुक्त जुम्बा का सुकु लिम्बु टिम र ससानानानीहरू को नृत्य बाट मनोरंजन गराएका थिए ।

Leave A Reply

Your email address will not be published.