कास्की : सहारा क्लब अष्ट्रेलियाले पहिलो शाखा सहारा क्लब भिक्टोरीया मेलबर्नमा बिस्तार गरेको छ।
भर्खरै १० वर्ष पार गरेको उपलक्ष्यमा सहारा क्लब अष्ट्रेलियाले अध्यक्ष सिद्दार्थ पौडेल र कोषाध्यक्ष कल्याण खड्का उपस्थित भएर उक्त शाखा गठन गरेको हो।
सजन शर्मा र सागर शाहीको नेतृत्वमा पुस्कर कार्की, सुन्दर कार्की, नवीन प्रधान, विक्की कार्की,सौगात कार्की, नितिन श्रेष्ठ,रविन्द्रराज रेग्मी उक्त शाखामा आबद्द भएका हुन्। सहारा क्लब पोखरालाई साथ र सहयोग गर्न आफूहरूले शाखा बिस्तार गर्न अगाडि बढेको पौडेलले बताए।
‘विदेशमा बसेर पनि नेपालको सामजिक कार्यमा केही गर्न सकिन्छ कि भनेर हामीले शाखा बिस्तार गरेका हौं’, पौडेलले भने, ‘हामी अष्ट्रेलिया भरिनै सहारा क्लबको शाखा बिस्तार गर्ने योजना बनाएका छौं।‘