काठमाडौं :
गत बिहिबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउट : दफा २१९’का अभिनेता सुशील श्रेष्ठको शरिर भरि कुटिएको डाम भेटिएको छ। उनले आइतबार आफ्नो शरीरमा भएको चोटको डाम देखाउँदै केही तस्बिरहरु र भिडियो सार्वजनिक गरेका छन्। उनले कुटाई खानुको रहस्य समेत खुलाएका छन्।
यहीँ प्रदर्शनरत फिल्म ‘आउटलः दफा २१९’को छायांकनका क्रममा उनले कुटाई खाएका हुन्। उनले लेखेका छन्, ‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं । निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं भनेर, तर मैले यो दृश्यलाई सकेसम्म वास्तविक बनाउन सके दर्शकहरुले अझ गहिरोसँग महसुस गर्नेछन् भनेर रियल गर्ने निधो गरें ।’
उनले थपेका छन्,‘हाम्रो सपना थियो संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्याउने । यो चलचित्र मेरोमात्र होइन, यो सम्पूर्ण टीमको सामूहिक प्रयास हो र यस्ता चलचित्र नेपाली सिनेमा उद्योगमा निकै कम देखिन्छन् । यदि तपाईंले यसलाई शेयर गर्नुभयो भने मलाई विश्वास छ कि ‘आउटलः दफा २१९’ अझ धेरै दर्शकहरूसम्म पुग्नेछ।’
विक्की महर्जनले निर्देशन गरेको यो फिल्ममा लगानी अमित अग्रहरिले गरेका छन्।