सुचना, समाचार र मनोरन्जन

स्ववियु चुनाव रोकिएका क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं/

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ ।

स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी तीन सय वटा क्याम्पसमा नेतृत्व छान्न चुनाव भएको हो ।

अधिकांश क्याम्पसमा मतदान सकिएलगत्तै गणना गरिएको छ । नतिजाको पूर्ण सूची सार्वजनिक हुन बाँकी छ ।

त्रिविले आंगिक क्याम्पसको मात्रै सार्वजनिक गर्छ । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी हुनुभएको छ।

पुल्चोक र थापाथली इन्जिनियरिङमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । केही क्याम्पसमा भने चुनाव रोकिएको छ ।

निर्वाचन समितिले रोकिएका र स्थगित भएका क्याम्पसमा मतदानको लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.