सुचना, समाचार र मनोरन्जन

‘कर्मा’मा विपिन र मुकुनको टकरावले उपसनालाई टेन्सन (भिडियो सहित)

काठमाडौं :

विभिन्न क्यारेक्टरमा आफुलाई दर्शकमाझ देखाईसकेका अभिनेता हुन् विपिन कार्की। उनी अब आफुलाई एक्सन जनराको फिल्म ‘कर्मा’मार्फत दर्शकमाझ देखिँदैछन्। स्न २०१२ मा ‘लुट’मा ग्याङ स्टारको अभिनय गरेपछि थप चर्चामा आएका उनले दर्जनौ फिल्ममा अभिनय गरिसकेका छन्। त्यस यता उनले फिल्म ‘छड्के’,‘ताण्डव’, ‘गोपी’,‘जात्रा’,जात्रै जात्रा’लगायतमा अभिनय गरिसकेका छन्।

फरक फरक भुमिकामा अभिनय गर्न सक्ने क्षमता भइसको विपिनले यस पटक भने चुनौतीका साथ एक्सनमा फिल्ममा अभिनय गरेका हुन्। उनलाई टक्कर दिनका लागि ‘बुलबुल’ जस्ता फिल्ममा अभिनय गरेका मुकुन भुसाल खलनायमा देखिँदैछन्। यि दुवैको फरक फरक भुमिका हो। किनभने यसअघि मुकुन खलपात्रमा अभिनय गरेका थिएनन्।

ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो फिल्म हो। यसअघि प्रदर्शनमा आएको फिल्म ‘अगत्स्य’का निर्देशक सौरभ चौधरीले दुवै हिरोबाट फरक फरक क्यारेक्टरबाट कथालाई पुर्णता दिने कोशिस गरेको अनुमान गर्न सकिन्छ।
निर्देशक चौधरीले ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा सिनेमा कस्तो हुनेछ भनेर नयाँ टेष्ट दिन खोजेका बताए। उनका अनुसार यो फिल्म हेर्न लायक हुनेछ। विपीन र मुकुन दुवैले ‘कर्मा’मार्फत नयाँ अनुभव गर्दैछन् ।

निर्देशक चौधरीले दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’मा हुने जानकारी दिए। विपीन र मुकुन दुवैले एक्सनका लागि मेहनत गरेको सौरभको भनाइ छ । ‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले आइरहेका फिल्म भन्दा फरक रहेको मुकुनको दाबी छ। ‘कर्मा’मा उपासना विपिन कार्कीको अपोजिटमा रहेकी छन्। विपिन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ।

यहीँ चैत २९ गते रिलिज हुन लागेको यो फिल्ममा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने निर्माणपक्षले जानकारी दिएको छ। निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन चलचित्र ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर छ ।

शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्। भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ। श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ। यसअघि निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’प्रदर्शनमा आइसकेको छ। उनको यो तेस्रो निर्देशकिय फिल्म हो।

Leave A Reply

Your email address will not be published.