सुचना, समाचार र मनोरन्जन

‘डोरी’का निर्माण टिमको चलख्याई,निकाले १० पोस्टर एकसाथ

काठमाडौं :

फिल्म प्रदर्शनमा आउन ६ दिन बाँकी छँदा ‘डोरी’का निर्माण टिमले १० वटा ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेका छन्। फिल्मको कथा भित्र कलाकारहरूको के कस्तो भूमिका रहेको छ भन्ने कुरालाई उनले पोस्टरमार्फत देखाउन खोजेका छन्।

पोस्टरहरूमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएको देख्न सकिन्छ। यस फिल्ममा अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्देल र कविता आलेको मुख्य भुमिका रहेको छ। यसअघि नै वीरेन्द्र सिंह कुशवहाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो।

यस फिल्मका लेखन तथा निर्देशन अरुण लामाले गरेका छन् भने फिल्ममा उनी आफैले प्रमुख भूमिका निभाएका छन् । उनका अलवा फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्ममा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ,रङ्ग संयोजक रेनीश फागो रहेका छन्।

Leave A Reply

Your email address will not be published.