सुचना, समाचार र मनोरन्जन

‘डिभोर्स’निर्माणको घोषणा गरेका विमलेशले बनाए वेब सिरिज ‘घर बट् इन अमेरिका’,प्रसारण ओटिटीमा

काठमाडौं :

अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गर्दै प्रसारणा घोषणा गरिएको छ । निर्माण टिमले नेपाली ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा प्रसारण गर्ने भएको हो।

सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज बिमलेशका अनुसार यो सिरिज आगामी वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ। पहिलो सिजनको लागि १२ वटा शृङ्खला तयार भएका छन्,यी सबै शृङ्खला एकसाथ प्रसारणमा आउने निर्देशक अधिकारीले मिडियाकर्मीलाई जानकारी दिएका छन्।

उनले मिडियाकर्मीसँगको कुराकानीमा भने,‘नेपाली वेब सिरिजको इतिहासमा पहिलो पटक यसरी व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुँदैछ । यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु।’

Gandarbha

अमेरिकामा नै छायांकन गरिएको यो सिरिजको यसअघि टिजर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ रिलिज भइसकेको छ। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्ने यो सिरिजमा गर्छन्। अब पहिलो सिजनको लागि ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशकले बताए।

सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ,जसले सिचुएशनल कमेडी–ड्रामा प्रस्तुत गर्नेछ। सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढङ्गले प्रस्तुत गर्ने निर्देशक बिमलेश अधिकारीले बताए।

सिरिजमा अरुणिमा लम्साल,बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गगर्न लागेकी हुन्। निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन्। सिरिजको सम्पादन मित्र डि गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ र, शान थापाले पोस्टर डिजाइन गरेका छन्।

यसअघि निर्देशक अधिकारीले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने केकी अधिकारी र रिमा विश्वकर्मालाई लिएर फिल्म ‘डिभोर्स’को घोषणा गरेका थिए। जुन अहिलेसम्म निर्माण हुन सकेको छैन।

Leave A Reply

Your email address will not be published.