सुचना, समाचार र मनोरन्जन

‘अटो शो’ ले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न मद्दत गर्छ’

पोखरा :  लामो समयको प्रयास पछि हामीले पोखरामा ‘अटो शो’ आयोजना गर्न गइरहेका छौं । नाडाको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले आयोजना गर्न लागेको पहिलो संस्करणको अटो शोलाई भव्य बनाउन हामी सक्रियताका साथ लागिरहेका छौं ।

अमरसिंह चौरमा यही चैत १४ देखि १७ सम्म हुने अटो शोमा करिव १ सय भन्दा धेरै गाडी डेलिभरी हुन्छन् भन्ने हामीले अपेक्षा गरेका छौं ।

त्यो भन्दा धेरै संख्यामा गाडीहरू बुकिङ हुनेछन् । टु ह्विलर्समा पनि उल्लेख्य मात्रामा डेलिभरी हुनेछन् । काठमाडौंमा आयोजना हुने नाडा अटो शो पछिको देशकै ठुलो अटो शो बन्नेछ । ब्राण्डहरूले आकर्षक अफर घोषणाको तयारी गरेकाले पनि गाडी खरिद र बुकिङमा आकर्षण देखिने विश्वास गर्न सकिन्छ ।

अटो शोले आर्थिक गतिविधि चलायमान बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ । काठमाडौं मात्र नभई काठमाडौं बाहिर पनि अटो शो सफलताका साथ सञ्चालन हुन्छन् भन्ने सन्देश पनि वाडा अटो शोले दिनेछ । अटो शो अटोमोबाइल क्षेत्रमा भएका नविनतम प्रविधिका बारेमा जानकारी लिने तथा अवलोकन गर्ने स्थल पनि पनि बन्नेछ । पोखरा पर्यटनको राजधानी शहर पनि हो ।

पोखरा भ्रमण वर्ष २०२५ घोषणासमेत भएको सन्दर्भमा यहाँको पर्यटकीय गतिविधि बढाउन पनि अटो शो सफल हुनेछ । अटो शोलाई सिग्नेचर प्रोजेक्टका रुपमा अगाडि बढाउने र आगामी दिनमा पनि निरन्तरता दिने तयारीमा हामी छौं ।

पहिलो संस्करणको अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरूको पनि सहभागिता रहनेछ । हुन्डाई र टाटाले इभीसँगै आइस गाडीलाई पनि सोकेस गर्नेछ ।

दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्ड रहनेछन् । कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरूको स्टल पनि अटो शोमा रहनेछन् । अटो शोमा २–पाङग्रे, ४–पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरूको स्टल पनि रहनेछ ।

आर्थिक आवाजबाट साभार

Leave A Reply

Your email address will not be published.