काठमाडौं/
प्रहरीले राप्रपाका दुई शिर्ष नेताहरु रबिन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी राति अबेरसम्म पनि भेटिएका छैनन् ।
प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ ।
पक्राउ परेका राप्रपा वरिष्ठ नेता रविन्द्र मिश्रका अनुसार ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
टेकुस्थित अपराध अनुसन्धान कार्यालयबाट अनलाइनखबरसँग फोनमा जोडिँदै उनले महामन्त्री धवलशमशेर राणासहित आफू पक्राउ परेको जानकारी गराए ।
प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ ।