सुचना, समाचार र मनोरन्जन

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

 

तनहुँ : आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नति भइरहेको छ। तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ। आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो।

 

ती सडक ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए। भकुण्डी–बरालुङबेसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८२४ योगदान गरेका छन्। आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ।

 

लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए। यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ। यो बाटोमा स्थानीयले रु ५४ हजार ३८८ योगदान गरेका छन्।

 

Leave A Reply

Your email address will not be published.