काठमाडौँ/
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई हत्कडी लगाएर अदालत लगिएको छ । शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई हत्कडी लगाएर अदालत लगिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार उनीसहित पक्राउ परेकाहरूलाई अदालतमा म्याद थपका लागि उपस्थित गराएका हो ।
उनलाई हत्कडीसहित अदालत लगिएको भन्दै राप्रपाले आक्रोश पोखेको छ ।