काठमाडौं :
फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले सुशान्त केसी गाएको गीत ‘पागल’ बोलको प्रेमिल गीत रिलिज गरेका हुन्। लोकप्रिय गायक सुशान्त केसीले गाएको यो गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपीन कार्कीले उपासना सिंह ठकुरी रहेका छन्। जहाँ विपिनले उपासनालाई देख्न बित्तिकै मायामा पागल बनेको क्षणलाई गीतमार्फत भनेका छन्।
गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन्। फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो किल्प नै दर्शकले औधी मन पराएका थिए। अहिलेको युवापुस्ताले रुचाउने खालको गीत उनले तयार पारेका छन्। फिल्ममा सुशान्तले गाएको यो पहिलो गीत हो। यसअघि थुप्रै फिल्मबाट अफर आए पनि सुशान्तले सिनेमाका लागि गीत गाएका थिएनन्। कलेक्सन एल्बममा उनी उनी गीत गाउँदैनन्।
शुसान्तले सिनेमाको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ। यो फिल्मलाई निर्माण पक्षले नेपाल र विदेशमा एकसाथ रिलिज गर्दैछ।
फिल्म ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत,सुज्यान सिलवाल,अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन्। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।