सुचना, समाचार र मनोरन्जन

‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक गर्दै राजेशले भने,‘यति लामो पोस्टर देखेकै थिइनँ’

काठमाडौं :

अभिनेता राजेश हमाल सहितको टिमले फिल्म ‘नरसिंहाः अवतार’पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका छन्। सोमबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित भव्य कार्यक्रममा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो।

निर्माण टिमले यो फिल्मलाई आउँदो वर्षको जेठ ९ गतेबाट रिलिज गर्ने घोषणा गरेका छन्। कलेजका विद्यार्थीहरूको उपस्थितिमा फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको मिति तोकिएको हो। संभवत नेपाली फिल्मको इतिहासमा नै सबैभन्दा लामो पोस्टर हो। अभिनेता हमालले यतिका फिल्ममा काम गर्दा पनि आफूले यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए।

यो फिल्ममा राजेशका साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी लगायत कार्यक्रममा उपस्थिति भएका थिए। यो फिल्ममा अन्य कलाकारमा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारको अभिनय छ।

यहि फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन्। त्यस कारण पनि यतिबेला यो फिल्मको चर्चा बढेको हो। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजु विक्रम थापाले खिचेका छन् भने कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन रहेको छ।

त्यस्तै मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन्। फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ। करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन्।

Leave A Reply

Your email address will not be published.