सुचना, समाचार र मनोरन्जन

दुर्गेशको डिमाण्ड बढ्दैछ फिल्ममा : ‘ह्रस्वदीर्घ’पछि कर्माको गीत गाए

काठमाडौं :

चर्चित गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन्। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन्। दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन्।

केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ। दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ। दुर्गेशले गाएको गीतमा फिल्म मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी,मुकुन भुसाललगायतको अभिनय देखिनेछ।

यसअघि दुर्गेशले नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’मा समेत गीत गाएका थिए। त्यसपछि ‘रंगी’फिल्ममा उनकै शब्द संगीतमा रहेको गीतलाई पुराना गायक आनन्द कार्कीले गाएका थिए। पछिल्लो समय गायक दुर्गेश स्टेजमा मार्फत होइन उनी फिल्मका गीतमा समेत व्यस्त हुन थालेका छन्। यतिबेला उनको गीत ‘दुस्मन हेरेको हेरै’ले चर्चा पाइरहेको छ। जुन राजनीतिक दलका नारादेखि संसदसम्म गुञ्जिएका छन्।

Leave A Reply

Your email address will not be published.