काठमाडौं :
बलिउड अभिनेत्री तथा आईटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छन्। उनी आगामी जेष्ठ ३ गतेका लागि नेपाली दर्शक नचाउनका लागि नेपाल आउन लागेकी हुन्।
हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाईभ ईन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरुलाई नचाउंने छिन्। वल्र्डवाइर्ड फिल्मस् नेटवर्क प्रालिको आयोजना हुने कार्यक्रम शिक्षाबाट बञ्चित बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ। ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुनेछ भने मनु मिडिया प्रालिले इभेन्ट व्यवस्थापन हेर्नेछ।
नेपालमा आयोजना हुँदै आएका ईन्टरनेशनल आर्टिष्टहरुको शोबीच ‘नोरा फतेही लाईभ ईन नेपाल’ अझ उत्कृष्ट हुने दाबी गर्छन् इभेन्ट म्यानेजर मनिष कार्की । जसका लागि मुम्बईबाट नोरासहित २० बढी कोसर डान्सरहरु प्रस्तुतिका लागि नेपाल आउनेछन्।
पुर्ण मनोरञ्जन सहितको कार्यक्रम हेर्न नेपालीसंगै सिमावर्ती क्षेत्रका भारतिय दर्शकहरु समेत नोरालाई हेर्न आउने विश्वास आयोजक संस्थाले राखेको छ। जहाँ दर्शकहरुले नृत्य र संगीतको भरपुर मजा लिन सक्नेछन्। फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएका देव मगर आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार नोरा फतेही लाईभ इन नेपाल मा चर्चित नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ।
आयोजक संस्थाले टिकेटको मुल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ। नोराले बलिउडमा दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच सुपरडुपर हिट गीतहरुमा काम गरेकी छन्।