सुचना, समाचार र मनोरन्जन

मिरुना र बिजयको ‘जनै हराएको बाहुन’को बुढानिलकण्ठमा शुभमुहूर्त, पनौतीबाट सुटिङ

काठमाडौं :

अभिनेत्री मिरुना मगर र अभिनेता विजय बरालको मुख्य भुमिका रहने फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ। आइतबार बिहान ९ बजे काठमाडौंको बूढानीलकण्ठ मन्दिरको प्राङ्गणमा शुभमुहूर्त गरिएको हो।

शुभमुहूर्तमा विजय बराल र केकी अधिकारी बाहेक अधिकांश कलाकारको उपस्थिति रहेका थिए। बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए। निर्माण पक्षका अनुसार फिल्मको छायांकन भोलिबाट काभ्रेपलान्चोकको पनौतीबाट सुरु हुनेछ। यसबाहेक पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ। फिल्ममा गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ। आमा र छोराबीचको भावनात्मक कथा भन्ने पनि निर्माण पक्षले जानकारी दिएको छ।

शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले यो फिल्ममा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताईन्। उनले भनिन्,‘यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी, सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु । यसमा मेरो क्यारेक्टर मेरो लागि विशेष छ।’
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो। फिल्म असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत रहेका छन।

बलियो लाइनअप रहेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। पेपरक्लिप प्रालिको निर्माण रहने फिल्मका विमल न्यौपाने निर्माता हुन्। फिल्मका कार्यकारी निर्मातामा कमल न्यौपाने,नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन्। थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यनेजर रहेका छन्। फिल्मको छायांकन सेड्युल ४० दिनको रहेको छ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन्।

Leave A Reply

Your email address will not be published.