काठमाडौं :
फिल्म ‘पुष्पा २’पछि दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले नयाँ फिल्मको घोषणा गरेका छन्। मंगलबार उनले आफ्नो जन्मदिन मनाउँदै उनले नयाँ फिल्म निर्माण गर्ने जनाएका हुन्। तर फिल्मको नाम भने खासै खुलाइएको छैन। भारतिय मिडियाका अनुसार अर्जुनले यो फिल्मका लागि उनले निर्देशक एटलीसँग सहकार्य गर्दैछन्। एटली र अल्लु अर्जुन आफ्नो नयाँ प्रोजेक्टको लागि सँगै काम गरिरहेको देखिन्छ।
इण्डियाटुडेका अनुसार फिल्ममा हस्ताक्षर गरेको र लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण समेत गरेका छन्। अल्लु अर्जुन र एटली लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण गरेका छन्। दुवैले आइरनहेड स्टुडियोका सीईओ र कला निर्देशक जोस फर्नान्डेज र स्पाइडर–म्यान र क्याप्टेन अमेरिका जस्ता फिल्महरूमा ग्राफिक्सका लागि परिचित भीएफएक्स सुपरभाइजर जेम्स म्याडिगनलाई समेत भेटेका छन्। यो अल्लु अर्जुनको २२ औं र एटलीको छैटौं फिल्म हो। फिल्मलाई अस्थायी रूपमा ‘एए२२–ए६’ ह्यासट्याग दिइएका छन्।