सुचना, समाचार र मनोरन्जन

पाँच दिनमै कमायो प्रकाश र स्वस्तिमा अभिनित ‘वसन्त’ले एक करोड १६ लाख

काठमाडौं :

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वसन्त’लाई दर्शकको साथ मिलेको छ। हलमा लागेको पाँच दिनमा नै यो फिल्मले एक करोड १६ लाख कलेक्सन गरेको छ।

यो फिल्मको ओपनिङ अपेक्षाभन्दा न्यून देखिएपनि पछिल्लो समय बक्स अफिस रिपोर्ट राम्रो देखिएको हो। ५ दिनसम्म देशब्यापी १ करोड १६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको यो फिल्मले पछिल्लो समय केहि हलहरुमा दर्शकको भिड देखिन्छ। फिल्मले काठमाडौं उपत्यका र बाहिरका हलमा समेत सुखद अकुपेन्सी लिएको देखिएको छ ।

प्रकाश सपुत र स्वस्तिमा खड्का स्टारर सोसल ड्रामा ‘वसन्त’ले दर्शकबाट राम्रो समिक्षा पाएको छ। दर्शकको भिड हेर्दा यो साता यो फिल्मले २ करोड पार गर्ने अनुमान गर्न सकिन्छ। गायक तथा अभिनेता सपुतको यो डेब्यु निर्देशकिय फिल्म हो। जातीय समानताको कुरा उठाएको यो फिल्मलाई गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। भोलीबाट यो फिल्म सहित हलमा २ नेपाली फिल्म थपिदैछ। कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’रहेका छन्।

Leave A Reply

Your email address will not be published.