कास्की :
पौवेगौडे समाज पोखराको भित्तेपात्रा विमोचन सहित नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। बिहिबार पौवेगौडे समाजले भित्तेपात्रो सहित शुभकामना आदानप्रदान गरिएको हो।
पौवेगौडे समाजले पोखरा बसाई सरेकाहरुलाई समेटी सामाजिक कार्यसहित मर्दा पर्दाको सहयोगी भावना विकास गराउनका लागि समाज सक्रिय रहेको अध्यक्ष कल्पना पौडेल रेग्मीले बताईन्। सो कार्यक्रमको शुभारम्भ गर्दै संरक्षकद्धय क्याप्टेन खडग बहादुर शाही र क्याप्टेन पूर्णबहादुर गुरुङ्गले समाजको कार्यले गाउँ र शहरबीचको सम्बन्धलाई थप दरिलो बनाउने बताए।
सोही शुभकामना आदानप्रदानको अवसरमा समाजमा सहयोग गर्ने सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको छ। पूर्वअध्यक्ष विष्णु रेग्मी, सल्लाहाकार सोवित कार्की, उपाध्यक्ष दिपेन्द्र आले, सचिव सडानन्द रेग्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए। उनीहरुले पनि समाजलाई सक्रिय राख्न र एकअर्काबीचको सद्भाव कायम राख्नुपर्ने कुरामा जोड दिए।