सुचना, समाचार र मनोरन्जन

हङकङवासी नेपालीलाई हँसाउन जाँदै कमेडिन गणेश इसारा

काठमाडौं :

गणेश ईसारा हास्य क्षेत्रमा पृथक पहिचान बनाई सकेका कलाकार हुन्। नाम गणेश इसारा,दिन दुखीको साहरा भने झै उनी कलाकारिताबाट आर्जेको आर्थिक रकम दिन दुखी, गरिब र विरामी अनि अशक्तको लागि खर्चर्दै आइरहेका छन्।

अरुलाई सहयोग गर्नु कलाकार इसाराको विशेषता नै हो। उनको यही कारणले देश विदेशमा हुने साँस्कृतिक कार्यक्रमहरुमा भ्याई नभ्याई हुने गर्दछ। यसै सिलसिलामा २०२५ अप्रिल १९ तारिखका दिन हङकङमा आफ्नो पाँचौं साङ्गीतिक प्रस्तुतीको लागि त्यस तर्फ जाँदैछन्। बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङ वासी नेपालीहरु बीच जोर्डनमा नयाँ वर्ष २०८२ को शुभकामना आदनप्रदान सहित कलाकार इसाराको भेटघाट तथा सांगितिक प्रस्तुती रहने छ।

विशिष्ठ समाज सेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा रहेका छन् भने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि त्यहाँ रहेका समाजसेवी तथा सफल उद्यमी विक्रम राई, बालिका राई र अर्का समाजसेवी तथा सफल व्यवसयाी दिपेन्द्र इसारा राई र मिना राई, समाजसेवी तथा उद्यमी बिमल ज्ञावली सहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन गर्ने भएको छ।

कलाकार इसारालाई हङकङवासी नेपालीहरुले औधी रुचाउने भएका कारण बर्षमा ३,४ पटकसम्म उनी त्यहाँ पुगेर नेपालीहरु माझ आफ्ना मनोरञ्जनात्मक प्रस्तुती दिने गर्छन्। समसामयिक व्याङ्ग्यात्मक क्यारिकेचर मार्फत हँसाउने र रुवाउने गणेश इसारालाई उनको कलाको सम्मान गर्दैै देश,विदेशमा रहेका नेपालीहरुले निमन्त्रणा गर्दछन् र समय मिलाएर सहभागि हुने गर्छन्। इसारा पछिल्लो समय उदय सुब्बा निर्देशित ‘दपर्ने’ नामक टेलिसिरियलमा नायकको भुमिकामा देखिदै आएका छन्।

Leave A Reply

Your email address will not be published.