सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : प्रदीप खड्का अभिनित ‘पिताम्बर’ र विपिन कार्की अभिनित ‘कर्मा’

काठमाडौं :

शुक्रबार (आज)बाट देशभरका फिल्म हलमा दुई वटा नेपाली फिल्म ‘पिताम्बर’ र ‘कर्मा’मा प्रदर्शनमा आएका छन्। नयाँ वर्ष २०८२ को पुर्वसन्ध्यामा द्वन्द्वप्रधान फिल्म प्रदर्शनमा आएका हुन्।

महिला निर्देशक कृषा चौलागाईको निर्देशकमा बनेको फिल्म ‘पिताम्बर’ रहेको छ भने सौरभ चौधरी निर्देशित ‘कर्मा’ हुन्। फिल्म ‘पिताम्बर’मा अभिनेता प्रदिप खड्का दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् ।

यता ‘कर्मा’ मा विपिन कार्की,उपासना मुकुन,सरिता गिरी दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल,अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ। फिल्म ‘अगस्त्यः च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ कमाएका सौरभ चौधरीको तेस्रो फिल्म ‘कर्मा’ हो।

Leave A Reply

Your email address will not be published.