सुचना, समाचार र मनोरन्जन

जुनियर र सिनियर प्रतिभाका लागि ‘मिस एण्ड मि. आइडल सिजन २’को घोषणा

काठमाडौं :

‘मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २’ को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठमा आयोजना भएको हो।

सिइयो श्रेष्ठका अनुसार प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य राखेर कार्यक्रमको प्रतियोगीताको आयोजना थालिएको हो।

प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुनेछ, जुन प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोषुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, तथा आयोजकबाट प्रदान गरिने टि–शर्ट समावेश गरिनेछ। अन्य आवश्यक पोशाक भने सहभागीले आफैंले ल्याउनु पर्नेछ।

कार्यक्रमको कोरियोग्राफर रोहित शाक्य रहनेछन्। निर्णायक मण्डलमा वरिष्ठ कलाकारहरू तथा वरिष्ठ पत्रकारहरू रहनेछन्, जसले प्रतियोगितालाई निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ। हालसम्म ४० जनामध्ये २० जना सहभागीहरू निश्चित भइसकेका छन् भने बाँकीका लागि आवेदन खुला छ।

प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ – Group A (५–८ वर्ष), Group B (९–१२ वर्ष), र Group C (१३–१५ वर्ष)। समूह A र B का लागि शुल्क १० हजार तोकिएको छ भने समूह C का लागि शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ। तर चैत २९ गतेभन्दा अगाडि आवेदन दिने सहभागीहरूलाई विशेष छुट दिइनेछ ।

प्रतियोगिता विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न हुनेछ। को(स्पोन्सरका रूपमा काठमाडौं वर्ल्ड स्कूल, मेकअप पार्टनर मुरार्की एकेडेमी, डिस्प्ले पार्टनर गोथे इन्क, फेसन एजुकेसन पार्टनर सेन्टर फेसन एजुकेसन, भोटिङ पार्टनर खल्ती, वेलनेस केयर पार्टनर ब्लिस्फुल वेलनेस, र ज्वेलरी पार्टनर द क्रीसङ कलेक्सन रहेका छन्। यसअघि  अर्थात सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा “Miss & Mrs. Universal” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको हो।

स्पार्कल इन्टरटेन्मेन्टले यो प्रतियोगितामार्फत बालबालिकाहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

Leave A Reply

Your email address will not be published.