सुचना, समाचार र मनोरन्जन

सुनको भाउ तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो

काठमाडौँ/

सुनको भाउले आज पनि कीर्तिमान बनाएको छ । आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८५ हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.