काठमाडौं/
अखिल नेपाल फुटबल संघ (एन्फ) का पूर्व अध्यक्ष गणेश थापाको प्रतिवन्ध फुकूवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते ९अप्रिल १५० मा सकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । ‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु । फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले विज्ञप्तीमा लेखेका छन् । -अनलाईनखबर