सुचना, समाचार र मनोरन्जन

न्ह्यूको सङ्गीत र मेनुकाको ‘बदमास’मा सनिशा र विजु

काठमाडौं :

अभिनेत्री सनिशा भट्टराईले भिडियोमा नै बदमास भन्दै दर्शकमाझ आएकी छन्। उनले हिजो दरबारमार्गमा रहेको राइजिङ मलमा एक कार्यक्रमकाबीच विजु पार्कीलाई बदमास भनेकी हुन्। जुन भिडियोमा पनि देख्न सकिन्छ। के उनले रियल लाइफमा नै बदमास भनेकी हुन् त? यसको प्रश्नको जवाफ खोज्न दर्शकले क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’हेनृू पर्ने हुन्छ।

नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वरमा गाएकी छन्। पछिल्लो समयकी चर्चित गायिका पौडेल नेपाल र भारतिय रियालिटी शोमा समेत उपस्थिति जनाइसकेकी छन्। नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियोका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन्। एरेन्जरको रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन्।

बिमलेश अधिकारीको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा अभिनेत्री सनिशा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय गरेका छन्। उनीहरुको अभिनय निकै सुन्दर रहेको भिडियोमा देख्न सकिन्छ। बिमलेशको निर्देशकिय पक्षको मेहनत राम्रै देखिएको छ भने खिचाईमा पनि कमजोर देखिदैन। कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।

वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की,अभिनेत्री केकी अधिकारी, तथा अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित भएका साहित्यकार प्रतीकले गीत सुनेपछि आफू भाव विह्वल भएको प्रतिक्रिया दिए। उनले निर्देशक अधिकारीदेखि सङ्गीतकार न्ह्यू बज्राचार्यको तारिफ गरेका थिए। गीतकार राजभण्डारीको कलात्मकता, गायिका पौडेलको मिठासपूर्ण गायन खुलेर प्रशंसा गर्न भ्याए।

Leave A Reply

Your email address will not be published.