सुचना, समाचार र मनोरन्जन

भारतबाट पोखरा आउँदै गरेको बस दुर्घटना, २१ जना घाइते

भारतको लखनउबाट भ्रमणका लागि पोखरा आउँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरू सबै भारतीय हुन् चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको र घटनाबारे अनुसन्धान प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.