काठमाडौं :
बेनिशा हमालको मुख्य भुमिका रहने फिल्म ‘बिगुल’को एउटा गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले संगीत भर्दिएका छन्। रमेश कोइरालाको निर्देशनमा बन्न लागेको यो फिल्ममा ‘आउ यस्तो देश बनाऔं’ बोलको गीतमा संगीत भरेका हुन्।
बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो। चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचेका हुन्।
‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने,‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ। कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द,संगीतप्रति नतमस्तक छु ।’
समसामयिक सामाजीक तथा राजनीतिक बिषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए। म्याग्नेलिया गु्रप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’मा नरेन खड्का,बेनिशा हमाल,रमेश बुढाथोकी,गीता अधिकारी,सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन्। शिव ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा,संवाद मौनता श्रेष्ठले लेखेका छन्।
बैशाख तेश्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा बिश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाइँको संगीत छ। कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन्। चितवनका बिभिन्न स्थानमा खिचिने ‘बिगुल’लाई एक बिचार,आवाज र एक बैचारिक क्रान्तिको संकेतका रुपमा अथ्र्याइएको छ।