सुचना, समाचार र मनोरन्जन

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियरसँग गरिन कोर्ट म्यारिज

काठमाडौं :

अभिनेत्री तथा मोडल नीति शाहले याञ्चित राणासँग कानूनी विवाह गरेकी छन्। उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी हुन्। न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनीहरुको विवाह सम्पन्न भएको हो।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’बाट फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन्। उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ले राम्रै कमाई गरेको थियो। उनी अभिनित आगामी फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ। उनको यो फिल्म निकै आश लाग्दो मानिएको छ।

Leave A Reply

Your email address will not be published.