सुचना, समाचार र मनोरन्जन

एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै

 

काठमाडौं : एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार वैशाख ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।

दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए।

शुक्रबार आउने पूर्व जानकारी थियो तर उनको स्वास्थ्य अनुकूल रहेकोले ३ दिन ढिला गरि मंगलबार आउन लागेका हुन्।उनको नेपाल भ्रमणले सम्पूर्ण फुटबल प्रेमी दर्शकहरूमा उल्लास छाउने विश्वास रहेको कुँवरले लिएका छन्।

कार्लोस को एलओडी मा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ। कार्लोसलाई हेर्न चाहने दर्शकले मंगलबार एलओडी आउन समेत क्लबले सबैमा जानकारी गराएको छ।

Leave A Reply

Your email address will not be published.