सुचना, समाचार र मनोरन्जन

चितवनमा वन्यजन्तु प्रभावितलाई एक करोड बढी राहत

चितवन/

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

Pach Pandav

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका आठ जनाको परिवारलाई ८० लाख, घाइते २७ जनाको उपचार खर्च १६ लाख ९३ हजार ६४२, दुई सय ४४ वटा खाद्यान्नबाली क्षतितर्फ १४ लाख १७ हजार राहत रकम बुझाइएको उनले बताए ।

उनका अनुसार ९५ पशुधन क्षतितर्फ नौ लाख १९ हजार ७००, १८ घरगोठ क्षतितर्फ एक लाख ६६ हजार, १३ भण्डारण गरेको अन्नबाली क्षतिका लागि ८३ हजार र कुखुरा क्षतिबापत २७ हजार ५०० राहत रकम बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.