काठमाडौँ/
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न लागेका हुन्।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।