काठमाडौं :
बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’मा समावेश गीत सार्वजनिक भएको छ। निर्माण पक्षले बिहिबार ‘ए ठूली’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो।
झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ। गीतमा संगीत झुमा लिम्बू स्वयंले भरेकी छन्। लोकलयमा आधारित यो गीतले प्रेमको कुरा गरेको छ।
प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ । सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतले भनेको छ ।लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हुदयकी प्रेमिकाको कथा गीतमा छ । उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले पनि आफू पूर्ण रहेको प्रसंग गीतमा उल्लेख छ ।
गीतले सिनेमाले लाहुरेको कथा भन्ने प्रष्ट पारेको छ । ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदै छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन्। भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ ।
‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर बनेको फिल्म हो। ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारितले त्यो समयको दशकको विषयवस्तुलाई फिल्ममा उतारिएको हो। आफ्नो कथाको विषय बनाएका थिए।
त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाले बताए।फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ। त्यसैले ‘जारी’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन्।
यस फिल्ममा सौगात मल्ल,अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ। फिल्म ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई,नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ। फिल्म ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ।