सुचना, समाचार र मनोरन्जन

२२५ वर्षअघिको ‘ठूली’ र ‘रुद्रमान’को कथा भन्दैछ ‘जार’

काठमाडौं :

फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ। २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको यो फिल्म अहिले प्रदर्शनमा आएको भन्दा फरक जस्तो देखिन्छ।

जार प्रथा अहिले निकै कम भएता पनि यदाकदा देखिदै आएको छ। यो निर्माण पक्षले साहित्यकार इन्द्र बहादुर राईको कथामा आधारित हो। उनले सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित कथालाई फिल्म निर्माण गरिएको हो। यो साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

२२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ। फिल्मले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने लामाले बताए।उनले भने,‘मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ।’

निर्देशक लामाले थपे,‘‘जार’ले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ।’

‘जार’ले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ।
फिल्मले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउने निर्माण पक्षको भनाई छ। कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन्।

फिल्ममा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरु अहिलेका नयाँ पुस्ताले थोरै मात्रै बुझेका छन्। ‘जार’ले आजका दर्शकलाई पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पुर्‍याउनेछ। फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ। त्यसैले ‘जारी’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन्।

फिल्ममा सौगात मल्ल,अनुपविक्रम शाही,अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस फिल्मको छायांकन सिक्किममा गरिएको छ । यस फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। यस फिल्ममा पछिल्लो समयकी चर्चित गायिका झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

फिल्मलाई नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट,रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ।

Leave A Reply

Your email address will not be published.