सुचना, समाचार र मनोरन्जन

लिटिल मिस्टर एण्ड मिस पोखरा ट्यालेन्ट राउन्ड सम्पन्न, ग्राण्ड फिनालेको तयारी

पोखरा/

हेभनली इभेन्ट म्यानेजमेन्टको आयोजनामा सम्पन्न लिटिल मिस्टर एण्ड मिस पोखरा २०२५ ट्यालेन्ट राउन्ड भव्य रुपमा सम्पन्न भएको छ।

ह्वाइट हाउस पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा २९ जना प्रतिभावान बालबालिकाहरूले आफ्नो लुकेको प्रतिभा प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध पारे। गायन, नृत्य, अभिनय, चित्रकला लगायत विभिन्न विधामा प्रस्तुत भएका बालप्रतिभाहरूले कार्यक्रमलाई थप रङीन बनाएका थिए भने कार्यक्रमको विशेष आकर्षणको रूपमा सिङ्गिङ स्टार नेपालका शीर्ष ६ फाइनलिस्ट आर्मन गुरुङले समेत उपस्थित भई आफ्नो मधुर स्वरमा गीत प्रस्तुत गरेर माहोललाई अझ रोमाञ्चक बनाएका थिए।

कार्यक्रमका निर्णायकको रूपमा डान्स कोरियोग्राफर तथा पोखरा कला केन्द्रका सञ्चालक राहुल थापा मगर, फेवा टेलिभिजनकी प्रशासकीय प्रमुख रोजी श्रेष्ठ, प्राध्यापक पुष्पाञ्जली भण्डारी, र गायक तथा कपिङ रूमका सञ्चालक सन्देश भुर्तेलको विशेष उपस्थिति रहेको थियो।

हेभनली इभेन्ट म्यानेजमेन्टका संस्थापक सफल सुवेदीले ट्यालेन्ट राउन्ड सफल पार्न साथ र समर्थन गर्नु भएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आउँदो वैशाख १८ गते पोखरा चेम्बर अफ कमर्समा आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरेका छन।

आयोजक संस्थाले भविष्यमा पनि बालबालिकाको लुकेको प्रतिभा उजागर गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने बताएको छ।

Leave A Reply

Your email address will not be published.