सुचना, समाचार र मनोरन्जन

नेपाल चलचित्र संघको ५० औँ (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह सम्पन्न

काठमाडौं :

नेपाल चलचित्र संघको ५० औ (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ सम्पन्न गरेको छ। गत शनिबार अर्थात बैशााख १३ गते ललितपुर स्थित रोयल टुलिप होटलमा भव्यताका साथ सम्पन्न गरेको हो।

संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथी माननीय सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङ हुनुहुन्थ्यो भने विशिष्ठ अतिथीमा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष (वस्तुगत) हेम राज ढकाल, चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष शम्भुजित बास्कोटा, कृष्ण मल्ल, चलचित्र बिकास बोर्डका सदस्य सचिव राजेश कुमार थापा,वरिष्ठ अभिनेता हरिबंश आचार्य, वरिष्ठ अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, रेखा थापा लगायतको उपस्थिति रहेको थियो।

त्यसै अतिथीमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, नेपाल चलचित्र निर्माता संघका कार्यवाहक अध्यक्ष उदय सुब्बा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, नेपाल चलचित्र द्धन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, आदिवासी जनजाति चलचित्र महासंघका पूर्वअध्यक्ष अमृत सुनुवार लगायत नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्माता, प्राबिधिक, लेखक, बितरक, प्रदर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो समारेहमा नेपाली चलचित्र क्षेत्रका बिकास, बिस्तार, सम्बद्र्धन, संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुहुने निम्न महानुभावहरुलाई सम्मान प्रदान गरिएको थियो ।

१) राज बहादुर शाह – प्रबन्ध निर्देशक, जाउलाखेल गु्रप अफ ईन्डष्ट्रिज
२) स्व. भुवनेश्वर अमात्य (मरणोपरान्त) – संस्थापक अध्यक्ष, नेचसं
३) निर्मल प्रधान – पूर्व महासचिव, नेपाल चलचित्र संघ
४) राजेन्द्र शाक्य – पूर्व कोषाध्यक्ष, नेपाल चलचित्र संघ
५) केदारनाथ पराजुली – पूर्व कास सदस्य, नेपाल चलचित्र संघ
६) कुबेर शर्मा – पूर्व उपाध्यक्ष, नेपाल चलचित्र संघ
७) रामजी श्रेष्ठ – पूर्व उपमहासचिव, नेपाल चलचित्र संघ
८) मोहन सराफ – पूर्व उपाध्यक्ष, नेपाल चलचित्र संघ
९) किसन राठी – प्रदर्शक
१०) उत्तम द्वा – पूर्व कास सदस्य, नेपाल चलचित्र संघ
११) ध्रुव कुमार श्रेष्ठ – पूर्व कास सदस्य, नेपाल चलचित्र संघ

सोही समारोहमा नेपाल चलचित्र संघका कर्मचारी द्वय होतराज शर्मा र बिक्रम राईलाई नगत सहित सम्मान गरएिको थियो । यसैगरि मुख्य प्रायोजक वरुण बेभरेज, हिमालयन एभरेष्ट ईन्सुरेन्स, जाउलाखेल गु्रप अफ ईन्डष्ट्रिज, खल्ती एप, होटल रोयल टुलिप, विवाईडि लगायत र कार्यक्रम तयारी समितिका संयोजक गोपाल काजी कायस्थ, सदस्य कपिल द्वा, प्रज्वल शम्सेर जवरा, दिप्रश शाक्य, ओम जैशी साथै भुतपूर्व अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

यसै गरी २०८२ बैशाख १४ गते नेपाल चलचित्र संघको सभा कक्षमा ५० औ (स्वर्ण) वार्षिक साधारण सभामा महासचिव सुरेन्द्र कुमार थापाको प्रतिवेदन, कोषाध्यक्ष प्रज्वल शम्सेर जवराको प्रतिवेदन पारित भयो । साथै ३ महिना भित्र विधान अधिवेशन बोलाउने निर्णय समेत भएको छ भने कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय भए संघका महासचिव सुरेन्द्र कुमार थापाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.