सुचना, समाचार र मनोरन्जन

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा पेश हुँदै

काठमाडौं/

सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।

राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित रिहर्सल गर्ने काम भोलि बिहान गर्ने र बाँकी तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.