सुचना, समाचार र मनोरन्जन

बलिउड अभिनेत्री नोरा फतेहीको प्रस्तुती हेर्न २ हजारदेखि १६ हजारसम्मको टिकट,दुर्गेशको पनि प्रस्तुती रहने

काठमाडौं :

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छन्। उनलाई सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि नेपाल ल्याउन लागिएको हो।

बिहिबार सुकेधारामा रहेको मक्र्युर होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत उनी नेपाल आउन लागेको जानकारी दिइयो। आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए।पत्रकार सम्मेलनमा उनले फतही नेपाल ल्याउनुका आफ्नो उदेश्य मनोरञ्जनात्मकका साथै सामाजिक कार्यका लागि रहेको बताए।

उनले भने,‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ।’

यस कार्यक्रममा फतहीका साथमा नेपाली कलाकारहरुमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले पनि प्रस्तुती दिनेछन्।
जेठ ३ गते बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

यस कार्यक्रमका लागि सर्वसाधारणले २, ४, ७ र १६ हजार दरको टिकेट काट्नुपर्ने हुन्छ। कार्यक्रममा नोरा फतेही र दुर्गेश दुश्मन हेरेको हेरै गीतमासँगै स्टेज सेयर गर्ने आयोजको भनाई छ। अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन्। ओसिन सिटौलाले संचालन गर्नेछिन्।

Leave A Reply

Your email address will not be published.