सुचना, समाचार र मनोरन्जन

सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्र उत्साहित: उपाध्यक्ष मल्होत्रा

काठमाडौँ,
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले वर्तमान सरकारले संवेदनशील तरिकाले नीति तथा कार्यक्रम ल्याएकोले यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन।

सरकारको नीति तथा कार्यक्रमले आर्थिक सुधार, पूर्वाधार विकास र रोजगारी सिर्जनालगायतलाई प्रमुख प्राथमिकता दिएको उनीहरूको भनाइ छ ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्नसमेत लगानीमैत्री वातावरणको निर्माण गर्ने सरकारले लक्ष्य राखेको छ । ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा ठूलो लगानी भित्र्याउने र दायरलाई समेत फराकिलो बनाउने सरकारले रणनीति अपनाएको छ ।

सरकारले निजी क्षेत्रको मनोबल उकास्ने गरी र वर्तमान अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्नेगरी नीति तथा कार्यक्रम आएको व्यवसायीहरूले बताएका छन् ।

त्यस्तै विगतको भन्दा राम्रो रहेको र वर्तमान समस्याहरूलाई सरकारले समाधान गर्न अग्रसरता देखाएको व्यवसायीहरूको भनाइ छ । त्यस्तै सरकारको नीति तथा कार्यक्रमले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पनि आशा जगाएको बताएको छ ।

इप्पानका महासचिव बलराम खतिवडाले नीति तथा कार्यक्रममा समावेश भएका कुरालाई कार्यान्वयन गर्न सके ऊर्जा क्षेत्रको विकासलाई अगाडि बढाउन सकिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.