काठमाडौं :
दुई वर्षअघि फिल्म ‘परस्त्री’निर्देशनमा डेब्यु गरेका सुरज पाण्डेले नयाँ प्रोजक्टमा काम गर्ने भएका छन्। उनले अब निर्माण गर्न लागेको फिल्मका अभिनेता प्रदीप खड्का र गौरव विष्टसँग छलफल गरेका छन्। छलफलका क्रममा प्रदीपले ६ महिनापछि समय दिने तय भएको निमात्री शर्मिला पाण्डेजे जानकारी दिएकी छन्।
यसअघि शर्मिलाले फिल्म ‘परस्त्री’, ‘लभ लभ लभ, आमा, लगायत निकै फिल्ममा लगानी गरेकी छन्। पछिल्लो समय छोरालाई निर्देशक राखेर उनी फिल्ममा लगानी गर्दै आएकी छन्। हालै अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘पिताम्बर’मा प्रदर्शनमा आएको छ। जुन फिल्मले हलमा ठिकठाकै दर्शक पाइरहेको छ।