सुचना, समाचार र मनोरन्जन

‘माइतीघर’को सेटबाट बाहिरियो ‘माग्ने वुढा’को लुक्स

काठमाडौं :

फिल्म ‘माग्ने राजो’को सुटिङ सके लगत्तै कलाकार केदार घिमिरे ‘माग्ने वुढा’ ‘माइतीघर’को सेटमा पुगेका छन्। यसै सेटमा खिचिरहेको माग्नेको लुक्स बाहिरिएको छ।

निर्माण पक्षले नै सार्वजनिक गरेको माग्नेको लुक्समा उनी खाटमा बसेर मोबाइल चलाइरहेका छन्। झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो देखिन्छन्। रोहित अधिकारीको लगानीमा निर्माण भइरहेको यस फिल्मलाई मिलन तामाङको निर्देशन गरिरहेका छन्। तामाङ संस्कृतिको कथालाई सेरोफेरोमा राखेर निर्माण भइरहेको यस फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ।

म्याग्दीको ताकम गाउँमा भइरहेको सुटिङको समयमा २० दिन राखिएको निर्माण पक्षले जनाएको छ। यसबाहेक ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुनेछ। सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहितका साथमा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ। रोहित अधिकारी फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भइरहेको यस फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्। यो फिल्मको प्रदर्शन मिति दसैंँको फूलपातीलाई भनिएको छ।

Leave A Reply

Your email address will not be published.