सुचना, समाचार र मनोरन्जन

चलचित्र कल्याणकारी कोषबाट बिरामी र दिवंगत चलचित्रकर्मीका परिवारलाई आर्थिक सहयोग

काठमाडौं :

चलचित्र विकास वोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले विभिन्न विधाका चलचित्रकर्मीलाई आर्थिक सहयोग गरेको छ। यो कोषले अहिलेसम्म दर्जनौ चलचित्रकर्मीहरुलाई सहयोग गरिसकेको छ।

हालै निधन भएका प्राविधिक श्रीकृष्णप्रसाद तिमिल्सिनाको परिवारलाई मृत्यु संस्कार खर्चका रुपमा ५० हजार उललब्ध गराएको छ। कोषले अर्का प्राविधिक तथा छायांकार उमेश श्रेष्ठलाई लिभर डायलासिसका लागि कोषबाट १ लाख दिइएको छ।

वोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार ब्रेन ह्यामरेज भई ग्रीनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकाललाई पनि उपचारका लागि कोषबाट १ लाख दिइएको छ। त्यसैगरि अर्का कलाकार गोकुल सुवेदीलाई उपचारका लागि ४० हजार दिने निर्णय कोषले गरेको छ।

बोर्ड अध्यक्ष दिनेश डीसी, कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यद्वय मोहन निरौला र पुष्कर लामाको समूहले विरामीको घर, अस्पताल र मृतकको क्रियापुत्री भवनमा गएर आर्थिक सहयोग प्रदान गरेका हुन्। यो कोष स्थापना भएपछि चलचित्रकर्मीहरुलाई केहि भए पनि राहत महशुस भएको छ।

Leave A Reply

Your email address will not be published.