सुचना, समाचार र मनोरन्जन

अनलाइनबाट स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डको अनुरोध

काठमाडौँ,

स्वास्थ्य बीमा बोर्डले अनलाइन माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने जनाएको छ ।

बोर्डले हिजो सूचना निकालेर गएको २०७८ चैत्र २५ गतेदेखि सञ्चालन भएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमित परिवारले खल्ती, ई–सेवा, कनेक्ट आईपीएसमार्फत घरमूलीको बीमा नम्बर राखी नागरिक एपमा लिङ्क गरी नवीकरण गर्न सकिने जनाएको हो ।

त्यस्तै बार्डले सम्भव भएसम्म सबै बीमितलाई अनलाइनमार्फत आ–आफ्नो स्वास्थ्य बीमा सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.