काठमाडौँ,
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा नेपाल प्रहरीको प्रवक्ता मा बढुवा भएका छन । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी थापालाई केन्द्रीय प्रहरी प्रवक्तको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि थापालाई जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघिका प्रवक्ता डीआईजी दिनेश आचार्यको गण्डकी प्रदेशमा सरुवा भएपछि उनको ठाउँमा थापालाई जिम्मेवारी दिइएको हो ।