सुचना, समाचार र मनोरन्जन

सफल दही उपभोक्ता बीच लोकप्रिय हुँदै

सुजल डेरी प्रा.लि.ले पोखरा बजारमा उपभोक्ताहरूका लागि उपलब्ध गराउँदै आएको सफल दही आफ्नो ताजापन, गाढा बनावट, र सन्तुलित स्वादका लागि उपभोक्ताबीच लोकप्रिय हुँदै गएको छ। दहीको मुख्य विशेषता स्वास्थ्य र परम्पराको संयोजनलाई प्राथमिकता दिँदै, गुणस्तरीय दहीको स्वाद उपभोक्ता सम्म पस्कनु हो ।

सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले गृहिणीहरूका लागि पौष्टिक खाना तयार गर्नु चुनौतीपूर्ण बनाएको छ। यस्तो अवस्थामा दैनिक खानामा सजिलै मिसाउन सकिने सफल दहीले सम्पूर्ण परिवारको लागि पोषणयुक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने उद्देश्यले यो क्याम्पेन सफल दही – एकदम सही ल्याइएको हो। गाई र भैंसीको ताजा दूधबाट बनाइएको सफल दही शरीरका लागि फाइदाजनक मात्र नभई, हरेक उमेर समूहका लागि उपयुक्त छ। उच्च प्रोटिन, क्याल्सियम, र प्रोबायोटिक गुणहरूले भरिएको यस दहीले पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।

नेपाली भान्सामा दहीको सांस्कृतिक महत्व अत्यन्तै गहिरो छ। पूजा, चाडपर्व, विवाह तथा अन्य धार्मिक र पारिवारिक अवसरहरूमा शुभ संकेतको रूपमा यसको प्रयोग गरिन्छ। विभिन्न चाडबाडमा अत्यावश्यक परिकारमध्ये एक दही हाम्रो समाजको अभिन्न अङ्गको रूपमा रहँदै आएको छ। सफल दहीले यही परम्परालाई निरन्तरता दिँदै आधुनिक जीवनशैलीमा पनि सन्तुलन ल्याउने प्रयास गरेको छ। सुजल डेरीको उत्कृष्ट उत्पादन सफल दही, पछिल्ला १९ वर्षदेखि पोखरा र वरपरका क्षेत्रमा लोकप्रिय रहँदै आएको छ। आफ्नो गुणस्तरका कारण सफल दही होटल तथा रेष्टुराँहरूमा विभिन्न स्वादिष्ट परिकार बनाउन समेत व्यापक रूपमा प्रयोग हुँदै आएको छ।
सफल दहीले गुणस्तर र स्वच्छताको उच्चतम स्तर कायम राखेकोले उपभोक्ताले सधैं भरपर्दो स्वादको अनुभवका साथ दहीको प्रयोग गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.