सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् । केही दिनअघि संघीय संसदका दुवै सदनबाट सो विधेयक पारित भएको थियो ।

Leave A Reply

Your email address will not be published.