सुचना, समाचार र मनोरन्जन

‘नरसिंहाः अवतार’को ट्रेलरमा राजेश हमालको बबाल एक्सन

काठमाडौं :

आगामी जेठ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले बिहिबार लबिङमलमा केहि पत्रकारलाई साँची राख्दै फिल्मको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा देशको राजनीति अवस्था र त्यसले पारेको प्रभावलाई प्रस्तुत गरिएको छ। राजनीतिले गर्दा आममानिसमा परेको असरलाई फिल्मको ट्रेलरले देखाउन खोजेको छ । एक्सन लभ स्टोरीका साथै राजनीतिक कथाको वरिपरी फिल्म रहेको बुझ्न सकिन्छ।

दिवाकर भट्टराईको लेखन र निर्देशिनमा निर्मााण भएको यो फिल्ममार्फत अभिनेता राजेश हमाल ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन गर्दैछन्। राजेश हमालसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

यसको छायाङ्कन राजु विक्रम थापाले गरेका हुन् भने कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ। दीपक शर्मा ढकाल,नरेन्द्र महर्जन,ध्रुव न्यौपाने र नेम महर्जनले फिल्ममा लगानी गरेका छन्। करण सिंह फिल्मको प्रोडक्सन डिजाइनर हुन् भने वसन्त अधिकारी एसोसियट निर्देशक हुन्।

Leave A Reply

Your email address will not be published.